१९ असार २०७४, सोमबार

दोस्रो तहको स्थानीय तह निर्वाचनमा पछिल्लो मतगणना अनुसार ने.क.पा एमालेले १०४ स्थानमा जित हांसील गरी अग्रता लिएको अवस्था छ भने एमालेलाई पछ्याउने क्रममा ९३ स्थानमा जित हांसील गर्दै नेपाली कांगे्रस दोस्रो स्थानमा पुग्न सफल भएको छ त्यस्तै माओवादी ३२ स्थानमा जित हांसील गर्दै तेस्रो भएको छ ।

 

प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहहरुको मत परिणाम आउने क्रम जारी छ । अन्य साना दलहरुले पनि केही स्थानमा बाजी मारेका छन् ।

अन्य साना दलहरुमा संघीय समाजवादी फोरम नेपालले ६ स्थान, राष्ट्रिय जनमोर्चा २ र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले ३ स्थान जितेको छ । यस्तै राप्रपाले पनि खाता खोलेको छ । राप्रपाले झापाको केचनकवलमा जित हाँसिल गरेको हो । यद्धपि ठूला दलहरुको लहरमा साना दलहरुको जित भने औलामा गन्न सकिने अवस्थामा नै छन् । प्रमुख दुई दल एमाले र काँग्रेसले अधिकांश स्थानमा बाजी मार्दा माओवादी केन्द्र तेस्रोमा यथावत् छ ।

LIVE TV