१९ असार २०७४, सोमबार

सिरिया । सिरियाको राजधानी दमास्कसमा आत्मघाती कार बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । १२ जना घाइते भएका छन् ।

राजधानी दमास्कसमा तीनवटा आत्मघाती आक्रमणकारी प्रवेश गरेकोमा एउटा कार विस्फोट भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्य दुईवटा कारलाई भने प्रहरीले नियन्त्रणमा लिएर बम निस्क्रिय पारेको छ । आक्रमणको जिम्मा कसैले लिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालयका अनुसार सन् २०११ बाट गृहयुद्धमा फसेको सिरियामा द्धन्दका कारण ३ लाख मानिसले ज्यान गुमाएका छन् भने ५५ लाख मानिस विस्थापित भएका छन् ।

LIVE TV