१८ असार २०७४, आईतवार

 

प्यूठान । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) तीन/तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ ।

काँग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा/ एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ ।

गौमुखी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विधुर मल्लले दुई हजार ५७४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गर्नुभयो ।

LIVE TV