१८ असार २०७४, आईतवार

काठमाण्डौ । आइतबार बिहान काठमाडौं उपत्यका लगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ ।

ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रेक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।भूकम्प आएपछि मानिसहरुको भागाभाग चलेको

गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

LIVE TV