१८ असार २०७४, आईतवार

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका मेयर उम्मेदवार डा. धवलशमशेर राणाले फराकिलो मतले अग्रता बनाउनुभएको छ । उहाँलाई पछ्याइरहेको कांग्रेस निकै पछाडि छ । २३ वडामा फैलिएको नेपालगन्ज उपमहानगरपालिकामा अहिलेसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ । यी वडाको परिणाम र मतदाताको मनोकांक्षा बुझ्दा अब राप्रपालाई उछिन्न कांग्रेसलाई समेत निकै हम्मे पर्ने देखिन्छ ।

घोषणा भएका वडामा पनि मिश्रित परिणाम आएको छ । नेपालगन्जको वडा नं. १ र ६ मा एमाले, २ मा कांग्रेस, ३ र ७ मा माओवादी, ४ र ५ मा राप्रपा, २२ र २३ मा संघीय समाजवादी फोरमले जित हात पारेका छन् । तीमध्ये वडा नं। ६ मा एमालेका अध्यक्ष मात्रै विजयी भएका छन् । अरू सबै सदस्य राप्रपाकै छन् ।

शनिबार साँझसम्मको परिणाम हेर्दा नेपालगन्जमा सबैभन्दा अगाडि रहनुभएका राणाको ५ हजार २१ मत छ । उहाँलाई २ हजार ९ सय १ मतसाथ कांग्रेस उम्मेदवार डा। सुरेशकुमार कनोडियाले पछ्याइरहनुभएको छ । त्यस्तै, २ हजार ४ सय ५१ मतसाथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने एमाले २ हजार २ सय ६४ मतका साथ चौथो स्थानमा छ । उममेयरमा कांग्रेसकी उमा थापाले अग्रता लिइरहनुभएको छ । उहाँ ३ हजार ९ सय ३९ मतका साथ अग्रता कायम गरिरहनुभएको छ ।

डुडुवामा कांग्रेस विजयी
बाँकेको डुडुवा गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका नरेन्द्र चौधरी प्रमुख र सहिदा बानो उपप्रमुखमा निर्वाचित हुनुभएको छ । चौधरी ४६५१ मत ल्याएर गाउँपालिका प्रमुखमा विजयी हुँदा उपप्रमुखमा बानोले ४३१५ मत ल्याएर विजयी हुनुभएको हो । चौधरीका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजयबहादुर यादवले ४१९२ मत ल्याउनुभयो भने बानोकी प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकै जबिदा खातुनले ४१९२ मत प्राप्त गर्नुभयो।

वडा अध्यक्षमा भने मिश्रित परिणाम आएको छ । डुडुवा गाउँपालिका वडा नं। १ मा कांग्रेसका पटेश्वर कुर्मी ८६४ मत ल्याएर विजयी हुनुभएको छ भने वडा नं। २ मा पनि कांग्रेसकै गजेन्द्र कैराती १४०२ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ ।

हालसम्म सार्वजनिक नौ वटा वडाको परिणाम र मतदाताको मनोकांक्षा बुझ्दा अब राप्रपालाई उछिन्न कांग्रेसलाई समेत निकै हम्मे पर्ने देखिन्छ ।

त्यस्तै, वडा नं। ३ मा संघीय समाजवादी फोरमका भण्डारीलाल अहिर १०११ मत ल्याएर विजयी हुँदा वडा नं। ४ मा संघीय समाजवादी फोरमका सगिर खाँ ५५९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नं। ५ को अध्यक्षमा एमालेका परशुराम बुढाथोकी ६६८ मत ल्याएर विजयी हुनुभएको छ भने वडा नं। ६ मा फोरम लोकतान्त्रिकका मोहनराम मि श्र (गोकर्ण) ६०७ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । यसअघि नरैनापुर गाउँपालिकामा फोरमका उमेदवार अध्यक्षमा विजयी हुनुभएको छ । बाँकेमा ५ गाउँपालिका एक उपमहानगरपालिका र एक नगरपालिका छन् ।

कोहलपुर नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । त्यस्तै, खजुरामा एमालेले अग्रता लिइरहेको छ । राप्ती सोनारी गाउँपालिकामा कांग्रेसको अग्रता छ भने बैजनाथ गाउँपालिकामा एमालेको अग्रता छ । त्यस्तै, जानकी माओवादीले अग्रता लिइरहेको छ । अन्नपूर्णपोष्ट बाट

LIVE TV