१७ असार २०७४, शनिबार

काठमाडौ । पूर्वउपराष्ट्रपति परमानन्द झाले मिथिला क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवद्र्धनमा योगदानपु-याएबापत पाँचजना समाजसेवीलाई सम्मान गरिएको छ ।

बिएस मिडिया प्रालिको प्रस्तुत कार्यक्रम ‘मिथिला दर्शन’ साप्ताहिक टेलिभिजन कार्यक्रम, न्यूज २४ टेलिभिजनमा प्रसारितद्वारा यहाँ आज आयोजित सम्मान तथा अन्तक्रियामा पूर्वउपराष्ट्रपति झाले समाजसेवी मनोज यादव, जितन यादव, शोभा गिरी, खुमा मराठा र सुमित्रा देवीलाई सम्मान गरिएको हो ।

सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले मिथिला क्षेत्रको संस्कृति र सभ्यता लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षणका लागि प्रचारप्रसारमा जोड दिए । मिथिला दर्शनका प्रस्तोता वीरेन्द्र ठाकुरले मिथिला क्षेत्रको विकासमा सबैको उत्तिकै भूमिका हुने बताए ।

LIVE TV