१७ असार २०७४, शनिबार

चितवन । पश्चिम चितवनको शुक्रनगरमा गोली हानी लुटपाट गरेर फरार भएका एक अभयिुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा घटनाका मुख्य योजनाकार भनिएका उनलाई भारतको दिल्लीबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।यसरी पक्राउ पर्नेमा पर्वत पकुवा घर भई हाल चितवनको भरतपुर २७ स्थित ससुरालीमा बस्दै आएका २७ वर्षीय कृष्ण शाही ठकुरी रहेका छन् ।

उनलाई यही असार १५ गते भारतमा पक्राउ गरी चितवन ल्याएर आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।उनीसँगै चोरीमा संलग्न रहेका अन्य दुईजनालाई चोरिएका सामानसहित यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले लुटेका गहनाहरु गालेर अर्कै गहना बनाएको अवस्थामा बरामद गरिएको थियो ।यसअघि पक्राउ गर्नेमा नवलपरासी

मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक छन् । उनीहरुबाट ८३ हजार नगद, पेस्तोल, गरगहना, घन, खुकुरी, रड र चक्कु बरामद गरिएको छ ।भरतपुर महानगर वडा नं २५ स्थित शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोग गरी घन र रडले हानेर लुटपाट गरी उनीहरु फरार भएका थिए ।लुटेराको गोली लागेर घाइते भएका स्थानीय २५ वर्षका गङ्गासागर महतोको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

LIVE TV