१७ असार २०७४, शनिबार

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ र ५ मा राप्रपाको प्यानल विजयी भएको छ ।

वडा नम्बर ४ मा राप्रपाका सरिफ बेहना ६९७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चेतबहादुर गुरुङले ५२४ मत प्राप्त गरे ।

यसैगरी वडा नम्बर ५ मा पनि राप्रपाका कैफल बरा जोलाह २८८ मत प्राप्त गर्दै प्यानलसहित विजयी भए भने उनको निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेराज अहमद हलवाईले २६२ मत प्राप्त गरे ।

LIVE TV