
काठमाण्डौ । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको प्राप्त परिणामअनुसार एमाले र कांग्रेस अघिरपछि हुँदै आएका छन् ।
अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघिरपछि हुँदै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ ।
बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ ।