१६ असार २०७४, शुक्रबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले दोस्रो चरणको निर्वाचन सञ्चालन तथा मतगणना भइरहेको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनु भएको थियो । साथै २०७४ असोज २ गते गर्ने तय भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको बारेमा जानकारी गराएका थिए ।

नेपालको संविधान अनुसार २०७४ माघ ७ गतेभित्र ३ तहको निर्वाचन गर्नुपर्नेमा स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ बाहेक सम्पन्न भइसकेको र अब प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको स्मरण गराएका थिए ।

LIVE TV