१६ असार २०७४, शुक्रबार

दोस्रो चरणको निर्वाचन अन्तरगत असार १४ गते स्थगित भएका विभिन्न जिल्लाका केही वडाहरुमा आज मतदान भइरहेको छ । आज रुपन्देही र बझाङका केही वडामा मतदान भइरहेको हो ।

 

उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नं. १ वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको हो । वडा नम्बर १ का वडा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि त्यस वडाको मतदान प्रभावित भएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । माओवादी केन्द्रले मल्लाहको स्थानमा भोला मल्लाहलाई उम्मेदवार बनाएको छ ।

LIVE TV