१६ असार २०७४, शुक्रबार

काठमाण्डौ । विश्वविजेता जर्मनी रुसमा जारी फिफा कन्फिडेरेशन कपको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइन खेलमा मेक्सिकोसँग ४-१ गोल अन्तरको फराकिलो जित निकाल्दै जर्मनी फाइनलमा पुग्न सफल भएको हो ।

खेलमा जर्मनी पुरै हावी भएको थियो । खेलको सुरुवातमै जर्मनका तर्फबाट छ्रैटौं र आठौं मिनेटमा लियोन गोरेत्काले गोल गरी जर्मनलाई २-० ले अग्रता दिलाए । पहिलो हाफमा २-० ले अग्रता बनाएको जर्मनका लागि ५९ औं मिनेटमा वेर्नरले गोल गरी अग्रता तेब्बर पारे। मेसिक्काका तर्फबाट ८९ औं मिनेटमा फेबियनले एक सान्त्वना गोल फर्काए । त्यसको दुई मिनेट नवित्दै इन्जुरी समयमा जर्मनका युनेसले गोल गरेपछि जर्मन ४-१ को सानदार जित निकाल्न सफल भयो ।

जर्मनले अब फाइनलमा चिलीको सामना गर्नेछ । बुधबार रातिको खेलमा पोर्चुगललाई ट्राइब्रेकरमा ३-० ले हराउँदै चिली फाइनलमा पुगेको हो । अब २ यी दुई बीचको फाइनल खेल पिटरस्वर्ग रंगशालामा २ जुलाईमा हुनेछ भने फाइनल खेल भन्दाअघि २ जुलाइमै तेस्रो स्थानका लागि पोर्चुगल र मेक्सिको बीचको खेल स्पार्टस्क रंगशाला, मस्कोमा हुनेछ । अन्नपूर्णपोष्ट बाट

LIVE TV