१५ असार २०७४, बिहीबार

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई ३ अर्ब रुपैयाँ धरौटी मागिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको हो । आन्तरिक राजश्व विभागका प्रमुख रहेका शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए । शर्मालाई तारेखमा छुटाउने गरी ३ अर्ब रुपैयाँ धरौटी मागिएको बताइएको छ । शर्मालाई कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।

अख्तियारले शर्मा सदस्य सचिव रहेको आयोगले दिएको कर छुटका १ सय २५ वटा फाइल खोलेको छ । जसमा ९ अर्ब भन्दा बढी कर गैरकानुनी रुपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ । आरोपमा फरार हरेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो । अख्तियारले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै रहेको जनाएको छ ।

LIVE TV