१५ असार २०७४, बिहीबार

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ ।

बिगत केही समय यता तराई–मधेसमा बढेको चर्को गर्मीका कारण सर्पको बिगबिगी बढेको छ । सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालको आकस्मिक सेवामा दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।सर्पको टोकाइबाट आउने बिरामीका लागि एन्टी स्नेक भेनम औषधि आवश्यकताअनुसार रहेको पनि अस्पतालले जनाएको छ ।

LIVE TV