१४ असार २०७४, बुधबार

दाङ । दाङ को एक मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतदानकेन्द्र लक्षित गरी प्रहार गरेको बम त्यहाँ शुरक्षा मा खटिएका प्रहरी  हवल्दार दुर्गा बहादुर रानाले भुइँ मा खस्न नपाउंदै हातैमा समातेर फ्याकिदिएका थिए।

 

अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालेको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

हवल्दार दुर्गा बहादुर रानाले बम अन्यत्र फालिदिएको कारण केहि क्षेति हुन नपाएको र उक्त समय अवस्था केहि असामान्य भएपनि शुरक्षाकर्मीको आग्रह पश्चात मतदान शुरछित र शान्तिपूर्ण सुचारु भैरहेको जनाएको छ।

LIVE TV