१४ असार २०७४, बुधबार

दोस्रो चरणको स्थानीय तह निर्बाचनमा महानगर र उपमहानगरको मतगणना स्थलमा
सीसीटीभी जडान गरीने भएको छ ।

 

साथै मतदान सकिएको ३ घण्टामा मतपेटीका मतगणना स्थलमा पुरयाइने व्यवस्था गरीएको छ । आज प्रदेश नं १, ५ र ७ मा ३३४ स्थानीय तहको निर्वाचन भइरहेको छ । यस निर्वाचनअन्तर्गत तीन प्रदेशका ३५ जिल्लाका ६४ लाख ३२ हजार ७६५ मतदाताले आफ्ना १५ हजार ३८ जनप्रतिनिधि छान्नेछन् ।

आज भइरहेको चुनाव एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुन लागेको छ । निर्वाचन तीन प्रदेशका चार हजार ५८१ मतदानस्थलका आठ हजार ३६४ मतदान केन्द्रमा भइरहेको छ ।

LIVE TV