१४ असार २०७४, बुधबार

रोल्पा । आज मुलुकभर दोस्रो तहको स्थानिय निर्वाचन भईरहेको छ । रोल्पा नगरपालिका १० भनभने मतदान केन्द्रमा मतदान भईरहँदा आगजनी भएको छ । मतपत्रबाटै आगो उठेको बताइएको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केही कार्यकर्तालाई निर्वाचन बिथोल्न मतदान केन्द्रसम्म पठाएको हुनसक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन्।

मतदाताले ज्वलनशील पदार्थ बोकेर गएको र मतदान गरिसकेपछि छोडेर हिँडेको अनुमान प्रहरीले गरेको छ। मतपेटिकामा आगजनी भएको सम्बन्धमा थप विवरण आउन बाँकी छ।

LIVE TV