१४ असार २०७४, बुधबार

काठमाण्डौ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मतदान सुरु भईरहेको छ । । तर, मध्यवर्षामा चुनाव परेकाले मतदाताले निकै हैरानी व्यहोर्नु परेको छ ।

धेरै पहाडी जिल्लाहरुमा पानी परेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका निर्वाचन अधिकृत चक्रपाणि शमार्ँका अनुसार विहानैदेखि पानी परेको छ । ‘सबै केन्द्र स्कुलमा छन् । तर, पनि समस्या भइरहेको छ’ उनले भने, मतदाताहरु भिज्दै भए पनि मतदानका लागि आउनुभएको छ ।’

मतदातालाई एउटा कोठामा बस्ने व्यवस्था मिलाइएको छ । मतदाताहरु भिजेर आउने भएकाले हात पुछ्न टालो पनि व्यवस्था गरिएको छ । तै पनि मतपत्र जोगाउन हम्मेहम्मे परेको छ ।

तराई मधेसका विभिन्न जिल्लाहरुमा पनि पानी परेको छ । मतदाता कोही छाता ओढेर मतदानका लागि पुगेका छन् भने कोही भिज्दै गएका छन् ।

LIVE TV