१४ असार २०७४, बुधबार

काठमाडौ । काठमाण्डौ र पोखरलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने नारायणगढ मुग्लीन सडक अहिले मृत्यु मार्ग जस्तै बनेको छ ।

३६ किलोमिटर लामो सडक मध्य विस्तार भैरहेको ३३ किलोमिटरमा नारायणगढ मुग्लिन सडक आयोजनाको वेवास्ता र निमार्ण कम्पनीहरुको लापरवाही कारण लाइफ लाइन मानिएको सडक मृत्यु मार्गका रुपमा परीणत भैरहेको छ । आयोजननको काम भैरहेका स्थानमा पहिरोले जनधन क्षती हुनुको साथै दैनिक हजारौँले कष्ट पाइरहेको बेला आयोजना प्रमुख चन्द्रनारायण यादव भने अमेरीकामा छन् । उनि सडक र उर्जा आयोजनमा दिइने ऋण सहयोग सम्बन्धी बैठकमा भाग लिन अमेरीका पुगेका हनु ।

दैनिक हजारौँ सवारी साधन गुड्ने उतm सडक विस्तार समयमा नसक्दा अहिले दैनिक जसो पहिरो खसिरहेको हुन्छन भने घण्टौँसम्म सवारी जाममा फस्ने गरेका छन् । बाटो बनाउन सुरु भएपछि पहिरोमा परेर तीनजना प्रहरीसहित पाँचजनाको निधन भएको छ भने एकजना प्रहरी वेपत्ता छन ।

२ बर्ष समयअवदी तोकेर २०१५ अप्रिलमा सुरु भएको सडक विस्तारको काम तोकिएको समयमा सकीदाँ आधा मात्रै काम सकिएको छ । निमार्ण कम्पनीहरुले भुकम्प, नाकाबन्दी ,बर्षातको बहाना बनाउँदै काममा लापरवाही गरीरहेका छन् । आयोजनको निमार्ण अवधि थपेर आउँदो डिसेम्बर सम्म पु¥याइएको छ ।

३ खण्ड बनाएर काम भैरहेको आयोजनमा खटीने कामदार तथा आवश्यक उपकरण ज्यादै न्युन रहेका छन् । सबै खण्डमा एक नेपाली र एक भारतीय निमार्ण कम्पनीले काम गरीरहेका छन् । सडकको अवस्था र पहिरो खस्ने सम्भावन आँकलन गर्ने संयन्त्र ¥यापीड रेसपोन्स टिम आरआरटीनै बन्न सकेको छैन । र पहाड काटे पछि ढुङ्गा नखस्ने बनाउने काम समेत भएको छैन ।

 

LIVE TV