१४ असार २०७४, बुधबार

काठमाण्डौ । भरतपुरमा च्यातिएका मतपत्र काठमाण्डौ ल्याइएको छ । बुद्ध एयरका नियमित उडानबाट मंगलवार विहान मत्रपत्र काठमाण्डौ ल्याइएको हो । कडा सुरक्षाकाबीच मत पत्र काठमाण्डौ ल्याइएको छ ।

मतपत्र प्रकरणमा सर्वोच्च अदालतले च्यातिएका मत पत्र झिकाउन भनेपछि उक्त मत पत्र काठमाण्डौ ल्याइएको हो । सर्वोच्चले असार ६ मा एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात पेश गर्न आदेश दिएको थियो ।

जेठ १४ मा मत गणना कायम रहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेको आरोप लागेको छ ।त्यसपछि मतगणना रोकिएको छ । भरतपुरको १९ वडामा मत गणना भैरहदा मतपत्र च्यातिएको थियो ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतपत्र, मतपत्र च्यात्नेलाई लगाइएको मुद्दाको मिसिल र पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयको सक्कल प्रति माग गरेको थियो । मतपत्र आएपछि मुद्दाको सुनुवाई कहिले हुन्छ भन्नेमा भने केही वताइएको छैन ।

LIVE TV