१४ असार २०७४, बुधबार

बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दियाबाट मतदान गर्नुभएको छ । बर्दियाको बासगढी नगरपालिका वडा नम्वर ८ स्थित त्रिभुवन माध्यमिक विद्यालय ककौराको केन्द्र ग बाट मतदान गर्नुभएको हो ।

मतदाता क्रमसंख्या २३९५ रहेका गौतमले बुधवार बिहान ७ बजे मतदान गर्नुभएको हो । मतदानका क्रममा उपाध्यक्ष गौतमले मतदान गर्नु जनताको अधिकार भएकाले जनताले निर्धक्कसँग मतदान गर्न पाउनु पर्ने बताउनु भयो । बर्दियाका ३ सय १४ मतदान स्थलमा मतदान सुरु भएको छ । मतदान स्थल महिला, अपाङ्ग लगायत बृद्धमैत्री रहेका छन् ।

लामो समय पछि स्थानीय तहमा मतदान भएपछि मतदाता उत्साहित भएर मतदान गर्न लाइन लागेका छन् । बर्दियाको आकास खुला रहेकाले अहिले पानी पर्ने कुनै सम्भावना देखिएको छैन । अन्नपूर्णपोष्ट बाट

LIVE TV