१४ असार २०७४, बुधबार

रोल्पा । रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान सभामुख ओनसरी घर्तीमगरले मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् ।

माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । तर, राङ्सी निवासी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने भोट हाल्न रोल्पा आएका छैनन् ।

 

 

LIVE TV