१४ असार २०७४, बुधबार

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका अन्दाजी ३५ वर्षिय मंगले थामी, उनकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोष, १० वर्षिया रोशनी र सोही स्थानकी ७९ वर्षकी लाटी थामी रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ ।

पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो ।

 

LIVE TV