१३ असार २०७४, मंगलवार

पर्वत । मोदी गाउँपालिका–१ भुकताङ्लेमा आगलागीबाट घर जलेर नष्ट भएको छ । गए राति १ बजेको समयमा स्थानीयवासी गङ्गाबहादुर पुनको कच्ची घरमा कुडो पकाउने क्रममा अचानक आगलागी हुन गई घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी हुने बित्तिकै खटिएको प्रहरी चौकी भुकताङलेको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा रहेको १० मुरी कोदो, पाँच मुरी धान र काठपातसमेत जलेर नष्ट भएको र दुई गोरु र एकवटा भैँसीसमेत सामान्य जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट रु पाँच लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

LIVE TV