१३ असार २०७४, मंगलवार

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरिएकी हुन । उनले संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण हुने भन्दै मतदानमा सहभागी भई मताधिकार प्रयोग गर्न अपील गरिएको हो ।

राष्ट्रपति भण्डारीले मंगलबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरिएको हो । निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने राष्ट्रको विश्वास भएको सन्देशमा उल्लेख छ ।

निर्वाचनको श्रृङ्खलाको रुपमाव्यापक जनसहभागिता सहित वैशाख ३१ गते पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै सरकारको उच्च सुरक्षा, निर्वाचन आयोगको तयारीकाबीच मतादाताहरुले आफनो भविष्यको नक्सा कोर्ने समय आएको भन्दै संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई अपील गरिएको थियो ।

LIVE TV