१३ असार २०७४, मंगलवार

काठमाण्डौ । गृहमन्त्री जनार्दन शर्माले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचका लागि सुरक्षा तयारी पुरा भएको जानकारी दिएको छ ।

निर्वाचनको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया पुरा भएकाले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरे । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले दोश्रो चरणको निर्वाचन सुरु हुनु भन्दा अगाडि विभिन्न जिल्लामा भएका बम विस्फोटका घटनाबाट सरकार सजग रहेको बताउँदै निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए ।

कार्यक्रममा मन्त्री शर्माले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई सम्भावित अवान्चित गतिविधिका बारेमा सजग रहेर मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन समेत दिए ।

LIVE TV