- प्रेम सुनार
गुल्मी । स्थानीय निर्वाचनको मौन अवधि सुरु भए लगत्तै मतदाताहरु मतदान गर्न गाउँ लागेपछि गुल्मी सदरमुकाम तम्घास सुनसान बनेको छ ।
मतदानका लागि मतदाताहरु गाउँ लाग्दा अधिकांश होटल बन्द भएपछि सदरमुकाम तम्घास ठूलै चाडबाड आउँदा झै सुनसान बनेको छ । मतदान गर्नका लागि गाँउ जाँदै गरेको मतदाताहरुले दललाई भन्दा उम्मेदवारलाई मत दिने बताएका छन् ।