१३ असार २०७४, मंगलवार

मोरङ । बुधबार हुने निर्वाचनका लागि मतदाताहरु र उम्मेदवारलाई निर्धक्क रुपमा मतदान केन्द्रमा गएर भोट हाल्नको लागि मोरङमा सुरक्षा व्यवस्था मजवुत बनाईएको मोरङ प्रहरीले जनाएको छ ।

मतदाताहहरुलाई तर्साउने उद्येश्यले मोरङका विभिन्न स्थानहरुमा विष्फोटक पदार्थ राखेको भेटिन थालेपछि सुरक्षा झन कडा बनाएको मोरङ प्रहरीले जनाएको छ । निर्वाचनमा भाग लिएका उम्मेदवारको घर अगाडि र मतदान स्थानहरुमा सामान्य खालका विष्फोटक सामग्रीहरु भेटिएको मोरङ प्रहरीले जनाएको छ । सामान्य पटका राखेर पड्काउने गरेको र मतदाताहरुलाई तर्साउन बम राखेको हल्ला गर्ने गरेको र यस्ता घटना सामान्य भएको मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारीले जानकारी दिए ।

मतदाताहरुलाई निर्वाध रुपमा मतदान गर्न जानको लागि मतदान स्थल र अन्य स्थानमा सुरक्षा व्यवस्था मजमुद बनाईएको प्रमुख भण्डारीले जानकारी दिए ।

LIVE TV