१३ असार २०७४, मंगलवार

भोजपुर । दोस्रो चरणको निर्वाचन सुरु हुन लाग्दा मंगलबार भोजपुरका दुईजना उमेदवारको घरमा बम फेला परेको छ ।

भोजपुर नगरपालिका वडा नं. ४ सिद्देश्वरमा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार प्रेम भण्डारीको घरमा सुतली बम र उत्तरी षडानन्द नगरपालिका १३ बोयामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रकुमार श्रेष्ठको घरमा बम फेला भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् ।

उम्मेदवारहरुका घरमा भेटिएको बमलाई भने प्रहरीले निस्क्रिय पारेको छ । बम कसले राख्यो भन्ने विषयमा भने छानविन भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV