१३ असार २०७४, मंगलवार
  • बसन्त लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिका जाने उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्गको लिङखिम नजिक भएपछि भोट दिन गाउँ फर्केका मतादाता विच वाटोमै अलपत्र परेका छन् ।

फक्ताङलुङ गाउँपालिका ३ मा गए रातिको अविरल वर्षासंगै खसेको पहिरोका कारण सो वाटो हँुदै मतदान गर्न हिँडेका एक सय भन्दा वढि मतदाता अलपत्र परेका हुन् । पहिरोका कारण सो सडक खण्डको करिव १० मिटर वाटो भत्किएको वताईएको छ । जसका कारण विहानै सो क्षेत्रमा छुटेका एक दर्जन भन्दा वढि सवारी साधन अलपत्र परेका छन् । सडकको सम्पूर्ण भाग पहिरोले वगाएका कारण वाटो खुलाउन समय लाग्ने वताईएको छ । यसैबीच पहिरोका कारण मतदाताहरु हिँडेर जानु पर्ने भएकाले सो गाउँपालिकाको माथिल्लो भेगका लेलेप, तापेथोक लगायतका ठाउँमा पूगेर मतपत्र लिन नपाउने भएका छन् ।

परिचय पत्र नपाउनेहरुले फोटो सहितको सरकारी प्रमाणपत्र लिएर गए भोट खसाल्न पाउने जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले बताए । सो सडक खण्ड हुँदै लेलेप, तापेथोक इखाबु, लिङखिम, सावदेन, खेजेनिम लगायतका गाउँमा आफ्नो मत खसाल्न हिँडेका थिए । अहिले ताप्लेजुङको विभिन्न मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण भई रहेका छ ।

LIVE TV