१३ असार २०७४, मंगलवार

भरतपुर महानगरको १९ नम्वर वडाको च्यातिएको मतपत्र निर्वाचन आयोगले आज सर्वोच्च अदालतमा बुझाउँदै, थप अध्ययनपछि मात्र अन्तिम फैसला आउने ।

 

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा च्यातिएको मतपत्र आज सर्वोच्च अदालतमा पेश गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले एक साताभित्र च्यातिएका मतपत्र पेस गर्न गत मंगलबार आदेश दिएको थियो । .
च्यातिएका मतपत्र आज नै काठमाडौं ल्याइएको छ ।

गएको जेठ १४ गते मतगणनाको क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले राति मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गराउन गरेको निर्णय विरुद्ध अधिवक्ता तुल्सीराम पाण्डे र १९ नम्बर वडाका वडासदस्यका एमाले उम्मेदवार गुञ्जमान विकले रिट दायर गर्नुभएको हो । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको इजलासले सात दिनभित्र च्यातिएका मतपत्र, मतपत्र च्यात्न संलग्न व्यक्तिसहित मुद्दाको फाइल र पुनः चुनाव गराउने आयोगको निर्णय उपलब्ध गराउन निर्वाचन आयोग र सरकारलाई आदेश दिएको हो ।

LIVE TV