१३ असार २०७४, मंगलवार

विश्वमा सर्वाधिक रुचाइएको खेल हो फुटबल । विश्वको सबै मानिसले बुझ्ने साझा र सरल भाषाको माध्यम पनि फुटबललाई मान्ने गरिन्छ । यही फुटबलको लोकप्रियता अभिवृद्धि गर्ने प्रयाशस्वरुप बिभिन्न कदमहरु पनि चालिदै आएका छन् ।

 

पछिल्लो समय फुटबलको परम्परागत ९० मिनेटको समयलाई छोट्याएर ६० मिनेटमा सीमित पार्ने विषयमा व्यापक वहस सुरु भएको छ । तर कसैले यसलाई फुटबलको परम्परागत चिनारीको हत्या हुने ठानेका छन् भने कसैले अझ बढी मीठास थपिने जिकिर गरेका छन् ।

LIVE TV