१३ असार २०७४, मंगलवार

भोलि मतदान हुने तीन वटै प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान, बिहानै मतदान गरे पानीमा धेरै भिज्नु नपर्ने ।

दोस्रो चरणको स्थानीय निर्वाचन अन्तरगत भोलि मतदान हुने तीन वटै प्रदेशमा मध्यान्हपछि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाखाले भोलि मध्यान्ह अघि नै मतदानमा सहभागी भए भारी वर्षामा भिज्नु नपर्ने जनाएको छ ।
मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले मतदातालाई बिहानै मतदान गर्न सुझाएको हो ।

प्रदेश नं. १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचनका दिन पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरुमा सामान्य वर्षा हुनेछ ।

यसैबीच, निर्वाचन आयोगले सबैलाई समयमै मतदानका लागि घरबाट निस्कन आग्रह गरेको छ । आयोगले सबै मतदातालाई क्यामरा र मोबाइल नबोक्न र छाता अनिवार्य बोक्न सुझाव पनि दिएको छ ।

LIVE TV