१३ असार २०७४, मंगलवार

आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन ईयू सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताएकी हुन् ।

 

उनले ब्रेक्जिटपछि पनि आप्रवासीको अधिकार रक्षा गर्ने पक्षमा आफु रहेको र आप्रवासीलाई बेलायत बसोबास गराउन प्रतिबद्ध रहेको बताइन् । तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गरेका छन् । बे्क्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गरेका थिए ।

LIVE TV