१३ असार २०७४, मंगलवार

काठमाडौं निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा फेरि नीलो मसिकै प्रयोग गर्ने भएको छ। पहिलो चरणमा मतपत्रमा निर्वाचन चिन्हको रङ र स्वस्तिक छापको मसी दुवै नीलो हुँदा मत गणनामा कठिनाइ भएको थियो। त्यसले बुझ्न कठिन भएको गुनासो आएपछि मसी फेरेर रातो रङ प्रयोग गर्ने निर्णय गर्योस आयोगले। अन्तिम चरणमा आइपुग्दा फेरि नीलो रङ्कै मसी प्रयोग गर्ने निर्णय गरेको छ।

 

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सकिएलगत्तै गणनामा देखिएको समस्याका आधारमा दोस्रो चरणको निर्वाचनमा स्वस्तिक छापको मसी परिवर्तन गर्ने निर्णय गरेको थियो। रातो मसीको आपूर्तिका लागि गत जेठ ६ गते टेन्डर आह्वान गरेको आयोगले नौ जेठमा रातो मसी आपूर्तिका लागि एसियन इन्टरनेसनल बिजनेस प्रालिलाई छनौट गरेको थियो।
आयोगले रातै रङ्को मसी र रातै रङको स्ट्याम्प प्याड आपूर्तिका लागि ३२ लाख १० हजार पाँच सय ४० रुपैयाँमा टेन्डर स्वीकृत गरेको थियो। त्यसअनुरुप एसियन बिजनेस प्रालिले आयोगमा रातो मसीको आपूर्ति पनि गर्यो।

तर, दोस्रो चरणको स्थानीय तह निर्वाचनको केही दिनमात्र अघि निर्वाचन आयोगले पुन निर्णय सच्याउँदै नीलै मसीको प्रयोगका लागि सर्कुलर जारी गर्यो । निर्वाचन आयोगका अनुसार मतपत्रमा पुरानै स्वस्तिक छापले नीलो स्ट्याम्प प्याड र नीलै मसीबाट मतदान हुँदैछ।

LIVE TV