१२ असार २०७४, सोमबार

 

काठमाण्डौ । यस बर्ष नेपालको पर्यटन क्षेत्रले अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । नेपालको आर्थिक क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि प्रमुख बन्दा यो कमाई मुलुकका लागि जुटाएको हो ।

पर्यटन क्षेत्रबाट प्रमुख रुपमा विदेशी मुद्रा आर्जन गर्ने, नेपालको हस्तकलाजन्य वस्तुहरुको विक्रीवितरण लगायतका कार्यहरुले देशको अर्थतन्त्रमा टेवा पु¥याउदै आएको छ । पर्यटन आगमन उत्साहजनक नभएपनि यस क्षेत्रबाट हुने औपचारिक आम्दानी भने उत्साहजनक रुपमा बढिरहेको छ ।हिमाल,पहाड,तराई भएको देश नेपाल पर्यटन क्षेत्रको निकै सम्भावना बोकको छ । नेपाल पर्यटकको आगमन उत्साहजनक नभए पनि आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन क्षेत्रले विदेशी मुद्रा सटहीबाट गरेको आम्दानी मात्रै ५५ अर्ब ४५ करोड ३४ लाख १७ हजार रुपैयाँ रहेको छ । यो आम्दानी नेपालको पर्यटन क्षेत्रले गरेको अहिलेसम्मकै धेरै भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्यांकलाई राखेर सार्वजनिक गरेको छ ।

पर्यटक आगमन ८ लाख नाघ्दापनि पर्यटन क्षेत्रले अहिलेसम्म यो आम्दानी हासिल गरेको थिएन । तर, पछिल्लो समय भूकम्प, नाकाबन्दी र सरकारको पर्यटन प्रवद्र्धनमा कमजोर उपस्थिति हुँदापनि देखिएको साढे सात लाख पर्यटक आगमनमै यो आम्दानी जुटाएको हो । यस अघि सन् २०१२ मा ८ लाख ३ हजार पर्यटक पुग्दा यो क्षेत्रको आम्दानी जम्मा ३४ अर्ब २१ करोड रुपैयाँ थियो । सन् २०१३ मा पर्यटक आगमन ७ लाख ९७ हजार हुँदा आम्दानी ४६ अर्ब ३४ करोड र सन् २०१४ मा पर्यटक आगमन ७ लाख ९० हजार रहदा यो क्षेत्रको आम्दानी भने ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो ।

सन् २०१५ मा भूकम्प र नाकाबन्दीले पर्यटक आमगन घटेर ५ लाख ३८ हजारमा सीमित हुँदा यसको आम्दानी पनि ४१ अर्ब ७६ करोडमा सीमित भयो । सन् २०१६ मा भएको पर्यटक आगमन ७ लाख ५३ हजार हुँदा यो क्षेत्रले गरेको आम्दानी ५५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । पर्यटकीय क्षेत्रबाट भएको यो आम्दानी गत वर्ष सन् २०१५ को तुलनामा १३ अर्ब ६८ करोड रुपैयाँले आम्दानी बढी हो ।

गत वर्षको तुलनामा यो वर्ष ३२ दशमलव ७७ प्रतिशतले पर्यटनको आम्दानी बढेको छ । सन् २०१६ मा नेपाल आउने विदेशी पर्यटकले गरेको बैकिङ प्रणाली अन्तर्गत गरेको खर्च तथा पर्यटकीय संस्थाले संकलन गरेको रकमका आधारमा पर्यटकीय आम्दानी बढेको हो ।

 

LIVE TV