१२ असार २०७४, सोमबार

रौतहट । समनपुुरगाउँपालिकाका बासिन्दा बिहान बेलुका गोठबाट ओहोर दोहोर गर्न  र खेतमा लगाइएको बालीको हेरचाह गर्न –बागमती नदी पार गर्न डुंगामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।केही बर्षदेखि बागमति नदीमा पुल निर्माण हुन त लागेको छ तर कहिले हुने हो ठेगान छैन ।


समनपुुर तथा आसपासमा पटक पटक डुुंगा दुुर्घटना भईरहेको भए पनि दैनिक कामकाजको लागि बर्षायाममा अरु बिकल्प नहुँदा डुुंगा चढनुु परिरहेको स्थानिय समाजसेबी रञ्जित दासले बताए ।
समनपुुर घाटमा पुुल निर्माणको ठेक्का लिएका एलाईट कम्पनीले सुस्त गतीमा निर्माण काम गरीरहेको स्थानियहरुले गुुनासो छ ।

तीन बर्षमा निर्माण पुुरागर्ने लक्ष्य लिएको एलाईट कम्पनीले दुुईबर्ष भन्दा बढी समय बित्न लाग्दा सम्म १८ मध्ये मात्र १०वटा पिलर तयार गरेको छ ।ठेकदार कम्पनीले गैरजिम्मेवार तरिकाले दैनिक मात्र दुुई चारजना लेबर मिस्त्री राख्दै काम लम्बयाईरहेको अर्का समाजसेवी दिपेन्द्र श्रेष्ठले बताए ।हालसम्म आधाभन्दा पनि कम काम भएकाले पुुल निर्माणको काम पुुरा गर्न अझै केही बर्ष लाग्ने श्रेष्ठले बताए ।

हजारौं जनताको पिडालाई समाधान गर्न एकमात्र बिकल्प पुुल निर्माण नै रहेकाले निर्माण कार्य समयमै पुुुरा गराउन समबन्धित निकायले ठेकदार कम्पनी माथि दवाब दिनुुपर्ने स्थानियहरुको माग छ ।

LIVE TV