१२ असार २०७४, सोमबार

मोरङ । दोस्रो दिन पनि मोरङ जिल्लाका मतदान केन्द्रहरुमा मतदाता परिचय पत्र लिन आउनेहरुको घुँईचो लागेको छ । लामो समय पछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि विहानै देखि सर्वसाधारणहरु मतदान केन्द्रमा आईपुगेका थिए ।

 

मतदाता नामावलीको नम्बर र नाम फरक परेका कारण धेरै जना सर्वसाधारणहरु नाम खोज्दा खोज्दै हैरानी भएका छन् । विहानै देखि मतदान केन्द्रमा परिचय पत्र लिन पुगेका स्थानीयहरु लामो समय पछि स्थानीय तहमा आफुले चाहेको नेता चुन्न पाइने भएकाले भोट हाल्ने प्रतीक्षामा रहेको बताउछन् ।

मतदाता परिचय वितरण स्थानमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनको लागि क्षेत्रीय निर्वाचन कार्यालय मोरङले स्वंय सेविकाहरु खटाएको छ जस्ले गर्दा सर्वसाधारणहरुलाई परिचयपत्र साथै मतदाता शिक्षा पनि दिईएको छ । मोरङ जिल्लाका सवै मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र धमाधम वितरण भईरहेको क्षेत्रीय विर्नचन कार्यालय विराटनगरले जनाएको छ ।
एउटा महानगरपालिका, ८ नगरपालिका र ८ गाँउपालिका रहेको मोरङ जिल्लामा ५ लाख ६३ हजार ८ सय ५८ मतदाताहरु छन् भने ६ सय ६९ वटा मतदान केन्द्रहरु रहेका छन् । विराटनगर महानगरपालिकामा मात्र १ लाख १२ हजार ८ सय ३२ मतदाताहरु रहेका छन् । महानगरपालिका भित्र १ सय १९ मतदान केन्द्र रहेका छन् ।

 

LIVE TV