१२ असार २०७४, सोमबार

अमेरिका । प्रतिबन्ध हटाउनका लागि शर्तको रुपमा चार अरब राष्ट्रले कतार समक्ष राखेका केही माग पूरा गर्न कठिन रहेको अमेरिकाले प्रतिक्रिया दिएको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले प्रतिबन्ध हटाउन अरब राष्ट्रले राखेका केही माग पुरा गर्न कठिन रहेको प्रतिक्रिया दिएका हुन् ।

 

साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहरानीले कतार समक्ष प्रतिबन्ध हटाउने शर्तका रुपमा १३ बुँदे माग प्रस्तुत गरेका थिए । चार देशको मागको सूचिले समस्या समाधानका लागि वार्ताको आधार भने तयार गरेको अमेरिकी विदेश मन्त्रीको भनाई छ ।
चार देशले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग प्रस्तुत गरेका छन् । १० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने सहितका छन् ।

तर कतारले भने यी माग पूरा गर्न नसकिने बताइसकेको छ । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहरानी, यमन र लिबियाले दुई साताअघि कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उसँगको राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लागएका थिए । तर कतारले भने आफूले कुनै पनि किसिमले आतंकवादलाई प्रोत्साहन नगरेको र अरब क्षेत्रमा अशान्ति फैलाउने प्रयास नगरेको बताउँदै आएको छ ।

LIVE TV