१२ असार २०७४, सोमबार

धरान । नेकपा एमालेका धरानका मेयरका प्रत्यासी तारा सुब्बाको घरमा बम विस्फोटन भएको छ । धरान ११ मंगलबारेमा विहान ७ बजेको समयमा अज्ञात समूले सुब्बाको घरको कोठेबारीमा सुतली बम विस्फोट गराएको इलाका प्रहरीका कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको ४८ घण्टे मौन समयको समयमा गरिएको विस्फोट कसले र कुन प्रयोजनका लागि गरिएको भन्ने कुरा खुल्न सकेको छैन । विहानको समयमा उठेर हातमुख धुने क्रममा एक्कासी बम पड्कोको आवाज आएपछि हत्तार हत्तार बाहिर हेर्दा कोही मानिस नदेखिएको तर बम भने ठूलो आवाजमा विस्फोट भएको मेयरका प्रत्यासी तारा सुब्बाले बताए ।

घट्नास्थल वरिपरि कसैले कुनै सांकेतिक पर्चा नछोडेका कारण बम कसले गराएको हो भन्ने कुरा खुल्न नसकेको डिएसपी खतिवडाले जानकारी दिए । विस्फोटनपश्चात धरानमा सुरक्षा सतर्कता बढाइएको छ । जनपथ, सशस्त्र प्रहरीसँग नेपाली सेना समेत परिचालन गरेको छ भने सुब्बाको घरमा समेत सुरक्षाकर्मीहरुहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

LIVE TV