१० जेष्ठ २०७४, बुधबार

काठमाडौं । ललितपुर महानगरपालिकाको मतपरिणाम काँग्रेसको पक्षमा पर्दा मत परिणाम प्राप्त हुन बाँकी तीन महानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्यले नेपाली काँग्रेस उम्मेद्वार राजुराज जोशीलाई फराकिलो अन्तरले पछाडि पार्दै गर्दा उपप्रमुखमा भने काँग्रेस हरिप्रभा खड्गी राप्रपाका राजाराम जोशीलाई ठूलो अन्तरले पछि छोड्न सफल हुनु भएको छ ।
उता भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राख्दा माओवादी केन्द्रकी रेणु दाहालको मत अन्तर घट्दो छ । यता पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखमा एमालेका मानबहादुर जिसीले काँग्रेसका रामजी कुँवरलाई पछाडि पार्न सफल हुनु भएको छ ।

LIVE TV