१० जेष्ठ २०७४, बुधबार
  • यादव देवकोटा,

काठमाडौं । पहिलो चरणको निर्वाचन त सकियो अब पालो दोश्रो चरणको । अन्यौल र आशंकाकाबीच पनि शानदाररुपमा सम्पन्न भएको पहिलो चरणको निर्वाचनको प्रभाव दोश्रो चरणमा पनि त्यही हिसाबमा परोस भन्ने कामना समेत गर्न थालिएको छ ।

निर्वाचन आयोगले दोश्रो चरणको तयारी पनि आरम्भ गरेको छ । तर नेपाली शैली र लापरवाही जति छोप्न खोज्दा पनि छोपिन्न । पहिलो चरणमा प्रयोग भएका मतपेटिका दोश्रो चरणमा काममा आउदैन या एक पटक प्रयोग भएपछि ‘ युस एण्ड थ्रो ’ हुन । एउटा नमुना घटनाले अहिले आयोग तिर औलो ठडिन थालेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा दशौँ दिन वित्दा पनि जारी छ ।  मतगणना ढिला हुनु र निर्बाचन आयोगले मतगणनाको कामलाई तीब्र बनाउन नसक्दा आलोचनाको पात्र त वनिरहेको थियो नै तर मतदानमा प्रयोग गरिएको मतपेटिकाको ब्यबस्थापन गर्न नसक्दा आयोग पुनः आलोचनाको भुँग्रोमा फसेको छ ।

राष्ट्रिय सभागृहको चौरमा छरपष्ट अवस्थामा रहेका मतपेटिकामा फोहोरको हाल्ने डस्बिनकोरुपमा प्रयोग गरिएपछि निर्वाचन आयोगको ब्यबस्थापन पक्ष प्रति औलो ठडिएको छ । काठमाडौँ महानगरपालिकाको मतगणना सत्तरी प्रतिशत मात्र सम्पन्न भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणम पनि नआउँदै निर्वाचनमा प्रयोग गरिएका मतपेटिकाहरुमा फोहोर मौला, थुपार्न थालिएको छ । यहाँ भएका काठमाडौं महानगरपालिका वडा नम्बर १६, सिद्धार्थ वनस्थली ‘क’ लगायत काठमाडौं महानगरपालिका ४ को मतपेटिकामा विभिन्न प्रकारका फोहोर हाल्ने भाँडो बनेका छन् यतिखेर ।

राट्रिय सभागृहमा रहेको मतपेटिकाहरुको व्यावस्थापन गर्न नसक्दा मतपेटिकाहरु यत्रतत्र छरिएर रहेका छन् । सञ्चारकर्मी मतपेटिकामा फोहोर राखिएको फोटो खिच्न थालेपछि निर्वाचनमा खटिएका कर्मचारीहरुले त्यसलाई हटाउन थालेका थिए ।
यो मुलुक आफैले मतपेटिका धरी बनाउन र उत्पादन गर्न सक्दैन ।

चीन सरकारको सहयोगमा प्राप्त यस्ता उपहारहरुले मुलुकको धेरै निर्वाचन गराउनु पर्ने अवस्था छ । तर प्रयोग भएका मतपेटिका जथाभावी राख्ने निर्वाचन आयोगका कर्मचार र खाली देख्ने वित्तिकै फोहोर फ्याल्नेहरु पनि उत्तिकै दोषी छन् । पुस्तौ पुस्तासम्म काम लाग्ने यस्ता अमूल्य वस्तुलाई लिएर कतैबाट खेलवाड गरिनु हुन्न ।

 

LIVE TV