१० जेष्ठ २०७४, बुधबार
  • निमेन्द्र,

बाजुरा  । आधुनिक प्रबिधि र गुणस्तरीय बिउको प्रयोगका कारण बाजुरामा पछिल्लो समय कृषि उत्पादनमा बृद्धि भएको हो । खाद्य असुरक्षाको उपमा पाएको बजुरामा पछिल्लो समय जिल्लामा खाद्य उत्पादन बृद्धि हुँदै गएको छ । यो बर्ष उन्नत विँउ तथा किसानलाई पर्याप्त मलको व्यवस्थाले २० प्रतिशत गँहु उत्पादन बढेको हो । यद्यपि, अहिले बजुरामा १५ हजार मेक्ट्रीकटन खाद्यान्न अपुग छ ।


९ हजार एक सय २० हेक्टर क्षेत्रफलमा १२ हजार ३ सय १२ मेक्ट्रीकटन गहुँ उत्पादन भएको छ । यस्तै दुई हजार दुई सय ८० मेक्ट्रीकटन गहुँ खडेरीले क्षती गरेको छ । यस्तै, एक हजार छ सय ६० मेक्ट्रीकटन असीना पानीले क्षति गरेको जिल्ला कृषी विकास कार्यलय बाजुराले जनाएको छ ।
अपुग रहेको खाद्य नेपाल खाद्य संस्था, स्थानीय ब्यावसायी, बिश्व खाद्य कार्यक्रमले जिल्लामा आपुर्ति गर्दै आएका छन् । परम्परागत विउमा किरा तथा रोग लाग्ने गर्ने गरेको तथा कम उत्पादन हुने तर आधुनिक प्रविधिबाट उत्पादन गरेको विउबाट उत्पादन बढेकोमा किसान पनि खुसी देखिएका छन् ।
कृषकहरुले नयाँ तरिकाबाट खेती गर्ने र किसानलाई आवश्यक विउ विजन तथा कृषि सामग्री सरकारले सहुलित दरमा उपलब्ध गराउने हो भने बाजुुरामा स्थानीय भोकै बस्नुपर्ने अवस्था आउने थिएन । यसप्रति सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

LIVE TV