१० जेष्ठ २०७४, बुधबार

काठमाण्डौ । मुगुमा हरेक वर्ष जस्तै यस वर्ष पनि यार्साको सिजन सुरु भएको छ । मुगुम कार्मारोङ गाउँ पालिकाका सवै वडा र वस्तीहरुको वर्षभरिको पेट पाल्ने आम्दानी र राजश्वको ठूलो स्रोत पनि यार्सा नै हो । यार्सा संकलनका लागि सर्वसाधारणहरु अहिले आवश्यक सुरक्षा व्यवस्था, राजश्व संकलन तथा व्यवस्थापनका लागि सर्वपक्षीय र सर्वदलीय छलफलमा व्यस्त छन् । नवनिर्वाचित गाउँपालिका प्रमुखको संयोजकत्वमा टोली नै बनाएर स्थानीय यार्सा संकलन र यसको व्यवस्थापनमा जुटेका छन् ।

जिल्ला विकास समिति मातहतमा मूल व्यवस्थापन समिति बनाई सम्बन्धित गाविसले राजश्व संकलन गर्ने गरिरहे पनि अहिले राज्य पुर्नसंरचना भई स्थानीय तहको निर्वाचन समेत भई सकेकाले यार्सा पाईने क्षेत्र मुगुम कार्मारोङ गाउँ पालिकाको मातहतमा सम्बन्धित विषयगत कार्यालयहरु र सरोकारवाला निकाय रहने गरि यार्सा व्यवस्थापन समिति बनाईएको छ । व्यवस्थापन समितिका संयोजक मुगुम कार्मारोङ गाउँ पालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले अब ढिलो नगरि राजश्व संकलन तथा व्यवस्थापनका लागि यार्सा पाईने क्षेत्रका स्थानीयवासीलाई जिम्मेवारी दिने बताए ।

विगतका वर्षहरुमा वैशाख अन्तिम हप्ता देखि नै यार्सा संकलन कार्यको व्यवस्थापनको तयारी गरिने भए पनि यो वर्ष स्थानीय तहको निर्वाचनका कारण यार्सा संकलन, राजश्व व्यवस्थापन लगायतका विषयमा ढिलो काम भएको हो । निर्वाचनमा अलमलिएका स्थानीयहरु अन्यत्रबाट अबैधरुपमा यार्सा संकलन भएको हुनसक्ने भन्दै हतार हतार–हतार यार्सा संकलनका लागि आवश्यक प्रक्रिया मिलाउन व्यस्त भएका हुन् ।

यही यही जेठ २० गतेबाट यार्सा संकलनको लागि बन क्षेत्रमा प्रवेशको लागि स्थानीय प्रशासनले पनि आवश्यक तयारी गरेको छ । यार्सा संकलनका क्रममा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षाको प्रबन्ध पनि मिलाएको छ ।

जिल्लाको पूर्वी भेगको मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर १ मुगु गाउँका छापाखोला, च्यार्कु, टाँके, रिमार, सानो कोईकी, ठुलो कोईकी, हाङदाङ खोला र वडा नम्बर २ डोल्फु गाउँका केही हिमाली पाटन क्षेत्रमा यार्सा पाईने गरेको छ । यार्सा संकलनकोलागी हुम्ला जुम्ला, कालीकोट, बाजुरा, जाजरकोट, बझाङ, सुर्खेत, नेपालगंज, कैलालीलगायतका विभिन्न स्थानबाट यार्सा संकलनका लागि आउने गरेका छन् ।

LIVE TV