
काठमाण्डौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गरेपछि राजीनामा दिएका हुन् ।
कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनले आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्पअनुसार पद त्यागेको बताए । सम्बोधन सकिएलगत्तै उनी हसिलो मुद्रामा सिंहदरवारबाट हात हल्लाउँदै बाहिरिए । हेर्नुहोस् तस्विरमा :