१० जेष्ठ २०७४, बुधबार
  • हरिश जङ्ग क्षेत्री,

काठमाडौं । सर्वाधिक धनराशि भएको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आज दोस्रो दिनको खेलमा नेपाल प्रहरीले सुदुरपश्चिम बिकास क्षेत्रलाई हराएको छ ।

बुधबार बिहान सुरु भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाल प्रहरीले सुदुरपश्चिम बिकास क्षेत्रलाई न्यून स्कोर १७० रनमा रोकेको थियो । टस हारेको सुदुरपश्चिमले निर्धारित ५० ओभरको खेलमा सबै बिकेट गुमाउँदै १७० रनमा समेटिएको थियो ।
सुदुरपश्चिमका लागी ज्ञानेद्र कुवरले ५ चौकाको मद्दतले सर्वाधिक ४९ रन बनाउदा भिम सार्की जोन्टिले २८ रन, सन्तोष भट्टले २५ र रोशन नेपाली २१ रन बाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेन्न र दोहोरो अंक छोएन्न ।

सुदुरपश्चिमलाई सस्तोमा समेट्ने क्रममा पुलिसका स्पिनर सुशील कडेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ ओभर मेडन राख्दै २१ रन खर्चेर सुपका महत्त्वपूर्ण ५ बिकेटको पतन गराउदा पुलिसकै तीब्र गतिका बलर ललित सिह भण्डारीले पनि महत्त्वपूर्ण ३ विकेट चट्काउदा,आरिफ सेकले १ विकेट झारेका थिए ।

१७१ रनको बिजय लक्ष्यका साथ मैदानमा आएको नेपाल प्रहरीले २४।३ ओभरमा ३ विकेट गुमाउँदै बिजय लक्ष्य प्राप्त गरेको थियोे । आफ्नो पहिलो जित दर्ता गरेको पुलिसलाई जिताउन अमीत श्रेष्ठले सर्वाधिक ७५ रनको योगदान गर्दा दिलिप नाथले ४०, दिपेन्द्र सिह ऐरिले नटआउट २७ र आरिफ सेकले पनि नटआउट ८ रनको योगदान गरेका थिए ।

आजको खेलको म्यान अफ दि म्याच नेपाल पुलिसका सुशील कडेल घोषित भए । उनले आफ्नो कोटाको १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २१ रन खर्चिएका उनले ५ विकेट लिएका थिए । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पहिलो पटक पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा ३ बिभागिय, ३ बिकास क्षेत्र गरि ६ टिमले सहभागी जनाएका छ्न । प्रतियोगिता जेठ २४ गतेसम्म चल्नेछ भने बिजेता टिमले नगत २० लाख र उप बिजेताले १० लाख रुपैयाँ पाउने छ्न ।

LIVE TV