१० जेष्ठ २०७४, बुधबार

काठमाडौं । वैशाख ३१ भएको पहिलो चरणको निर्वाचनको नतिजा आउदैँ गर्दा ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । निकै चर्चामा रहेको ४ वटा महानगर मध्ये ललितपुर महानगरमा विजयी बन्न सफल महर्जन नेपाली कांग्रेका उम्मेरद्वार हुन् । महानगरबाट काँग्रेसलाई शून्य हुन नदिन महर्जन सफल भएका छन् ।

नेपालको इतिहासमा २० बर्षपछि भएको स्थानीय निर्वाचनमा प्रमुख बन्न उनलाई धेरै दुःख गर्नपरेको थियो । उनी सानै उमेरदेखि लगनशील र दुःख गर्न पछि नहट्ने लगनशील व्यक्ति हुन् । विद्यार्थी जीवनमा पनि सधैं पहिलो हुने गरेका चिरीबाबु स्थानीय निर्वाचनको मैदानमा पनि पहिलो नै भए ।

साधारण जीवनशैलीका उनी लवाइखवाइमा पनि साधारण नै देखिन्छन् । ललितपुरका प्रमुख बनेका उनको पारिवारिक अवस्था उच्च कोटीको नभएपनि अहिलेको अवस्थामा उनी आर्थिक दृष्टिकोणले गरिब भने छैनन् ।

उनले जागिर खाने सिलिसिलामा त्रिभुवन विमानस्थल निर्माणका क्रममा क्यानेडियन प्रोजेक्टको म्यानेजर समेत भएर काम गरिसकेका छन् । अझैसम्म उनी पुरानो मक्किएको ढाकाटोपी शीरमा सजाएर हिड्ने गर्छन् .।

ललितपुर महानगरपालिकाको प्रमुख भएपछि ललितपुरमा अब सुशासन कायम गर्ने उनको पहिलो प्राथमिकता रहेको छ । एक घण्टामै हुने कामलाई कर्मचारीहरुले १ दिनसम्म लम्ब्याइदिने गरेको उनको अनुभव छ । जसलाई उनले सपथ ग्रहण गर्ने बित्तिकैबाट सुधार्न प्रयास गर्ने भएका छन् ।

त्यस्तै मेलम्चीको पानी आएपछि पनि सबै ठाउँमा पानीको सुबिधा भएन भने डिप ट्युबेल खन्ने उनको योजना छ । बाग्मतीको किनारामा बृक्षरोपण गर्ने पनि उनको योजना छ ।

चिरीबाबुले थापाथलीदेखि पुल्चोकसम्म १ दशमलव ४ किलिमोटर लामो फ्लाइओभर निर्माण गर्न तत्काल सम्भाव्यता अध्ययन थाल्ने बताएका छन् । ललितपुरलाई सपनाको शहर बनाउने अभियानका लागि अब उनले केही दिनमा कम्मर कस्ने छन् । शुभकामना चिरीबाबुलाई ।

 

LIVE TV