१० जेष्ठ २०७४, बुधबार

देउवाजीलाई फलिफापै–फलिफाप
देउवाजीले महाभारतमा ध्यानदृष्टिले अर्जुनले चराको आँखा देखेजस्तै प्रधानमन्त्री मात्रै देख्नुभएको छ । नेपालमा लोकतन्त्रको लडाइँ हुँदा उहाँ बेलायतको गल्लीतिर बरालिँदै हुनुहुन्थ्यो । नेपाल फर्किएर गृहमन्त्री बनेर घरमा बसेको बालकलाई गोलीले मार्दा, गोलीको आँखै हुँदैन भन्ने गैरजिम्मेवार जवाफ फर्काउनुभो । असोज १८ घटाउनुभो, माघ १९ पनि उहाँले नै गराउनुभो, उहाँ कांग्रेसमा फलिफापै–फलिफापको नेता हो । एउटा पार्टीलाई डबल ९दुईवटा० पनि बनाउनुभो, कार्यकर्तालाई मुन्ट्याउँदै अन्तै भोट हाल्न पनि लगाउनुभो, खयर त्यो पनि फलिफाप नै होला ।

प्रचण्डजीलाई थाल खाउँ कि भात खाउँ
अहिले प्रधानमन्त्रीको राजीनामाको कुरा आएको छ । भनिन्छ नि थाल खाउँ कि भात खाउँ, देउवाजीले लौ चाहियो भनेपछि अहिले प्रचण्डजीलाई त्यस्तै भएको छ । तीन दलको बैठकमा अहिले भइरहेका र हात थाप्दै मलाई देऊ भन्नेलाई मैले प्रस्टसँग भनेको छु–कम्तीमा समय, परिस्थिति त विचार गर्नुस्, दुई दिनपछि सरकारको नीति तथा कार्यक्रम, पाँच दिनपछि बजेट आउँदै छ, नौ दिनपछि दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन हुँदै छ, २०–२२ दिन कुर्दा के हुन्छ रु कम्तीमा लोकलाजको त ख्याल गर्नुस् ।

उम्मेदवार तोकियो, तर गाउँपालिका रातारात गायब
चुनाव हुने भएपछि हामीले उम्मेदवार तोक्यौं, तर गाउँपालिका त रातारात हराएछ । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सदस्य तोक्यौँ, गाउँपालिकै छैन । उहाँहरूले अन्तै लगेर मिलाइदेपछि अब हामीले वडाध्यक्ष कहाँ लैजाउँ ? यस्तो पनि कुनै तमासा हो रु आयोगले ७ सय १९ तोकेपछि ४४ पुर्याएपछि मधेसी मोर्चा मान्छ भनियो, हामीले होला भन्दै मान्यांँ पनि । उहाँहरू हप्तैपिच्छे थप्नुहुन्छ । पहिले २५, मानेन भनेर २२ थप्दै हुनुहुन्छ, चुनाव गराउन कार्यालय खोलेर बसेको निर्वाचन आयोग पनि अचम्ममा परेको छ । यस्तो स्वेच्छाचारी, असंवैधानिक र कानुनविपरीतका हेरफेर हामीलाई स्वीकार्य छैन । निर्वाचन आयोगले समेत अनुपयुक्त भनिसकेपछि हामीलाई शंका छ, कतै निर्वाचन नगराउने सेटिङका लागि त गरिएको होइन ?

कांग्रेसले पाप कटनी गर्दा तयार छ
एमालेले पहिलो चरणको चुनावमा ५५ प्रतिशत नगरपालिका, ४० प्रतिशत गाउँपालिका, बहुमत वडा जितेको छ । अहिलेको बहुमत जनमत कदर हुँदा ठीकै छ । हिजो १६ बुँदे सहमति कांग्रेसले तोडेर राष्ट्रिय सहमति भाँडेकै हो । त्यतिवेलाको पाप कटनी गर्न कांग्रेसले राष्ट्रिय सहमतिको नेतृत्व दिन्छ भने तयार छौँ । तर, एमाले स्वाँ।।स्वाँ।।फ्वाँ।।फ्वाँ गरेर प्रधानमन्त्रीका लागि कुद्दैन ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदैन
हामी प्रधानमन्त्रीलाई राजीनामा दिनुस्, नदिनुस् केही भन्दैनौँ, को हुनुस्, नहुनुस् पनि भन्दैनौँ । तर, राजीनामा दिनैपर्ने हामीले कारण बुझेका छैनौँ । दुई दिनमा सरकारको नीति तथा कार्यक्रम, १५ गते बजेट आउँदै छ । ३१ जेठमा निर्वाचन गर्ने कि नगर्नेसँग सरोकार छ, कम्तीमा जिम्मेवार हुन सिक्नुस् भन्ने भनाइ हो । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भयो भने हामी छनोट प्रक्रियामा सहभागी हुन्छांँ, तर चुनाव लड्ने मुडमा छैनौँ ।

अपराधीसँगको साँठगाँठमा मुद्दा फिर्ता
भोटका लागि सरकारले कैलालीको टीकापुर घटनाको दोषीहरूको मुद्दा फिर्ता लिएको छ । अब नाबालक शिशुको आमलाई सरकार के जवाफ दिन्छ रु खुद्रा स्वार्थका लागि कानुनी राज्यको धज्जी उडाउने, दण्डहीनतालाई प्रश्रय दिने कुरामा एमाले सहमत हुन सक्दैन । मुद्दा फिर्ता लिने निर्णय सरकारको अपराधीसँगको साँठगाँठको परिणति हो ।

संख्या थपिएकोबारे हामीलाई औपचारिक जानकारी नै छैन । समस्या धेरै थुपार्ने काम गरिएको छ, आयोगलाई तयारीका लागि ठूलो समस्या पर्ने देखिन्छ ।
– डा.अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त

LIVE TV