९ जेष्ठ २०७४, मंगलवार

 

झापा । लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ । रासस

LIVE TV