
काठमाडौं । अहिले ललितपुर महानगरपालिकाको मत गणना पुनः सुरु भएको छ । एमालेले बाहेकका दलहरुले सर्बदलीय बैठकमा मतगणना सुचारु गर्न सहमत भएपछि मतगणना सुरु भएको हो । ललितपुरमा अब २९ वडाको मात्र गणना हुन बाँकी रहेको छ ।
ललितपुर महानगरपालिकमा लगभग १३ सय मत खसेको छ । अहिलेसम्म नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जन २१४ मतले अगाडि छ । मर्हजनले २४ हजार ३२८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ११४ मत पाएका छन् ।
एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनले तीन वडामा पुनः मतगणनाको माग गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतले भने गणनामा विवादमा परेका कर्मचारी सुरेश थापालाई निश्कासन गरेपनि पुनः गणना नहुने बताएका छन् ।